Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिर्धन लघुवित्तको खुद नाफा १० लाख

निर्धन लघुवित्तको खुद नाफा १० लाख


काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा १० लाख ३१ हजार ४८ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ७५ करोड ८३ हजार तीन सय १५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब ६१ करोड २० लाख ७९ हजार सात सय ५० रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा १९ अर्ब ११ करोड ५८ लाख पाँच हजार नौ सय ५२ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३७ करोड ३९ लाख २९ हजार तीन सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ५९ लाख ८४ हजार चार सय ९३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा चार करोड ९१ लाख दुई हजार सात सय ६० रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव ८२ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले १८ अर्ब १८ करोड २८ लाख २९ हजार पाँच सय २२ रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब १६ करोड ८९ लाख ९४ हजार एक सय ९२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ११ करोड ६२ लाख ७० हजार ४६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा ४८ करोड ७३ लाख रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव ५९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया