Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनिक नेपाल लघुवित्तले कमायो एक करोड ८२ लाख

युनिक नेपाल लघुवित्तले कमायो एक करोड ८२ लाख


काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक करोड ८२ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ करोड ७३ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७९/८० मा दुई अर्ब ५० करोड ८० लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७७ करोड ९८ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड २१ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १२ करोड ३५ लाख ४१ हजार रुपैयाँ रहेको छ । सो अवधिमा संस्थामा छ दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ४० करोड ३२ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६६ करोड २७ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ८९ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १४ करोड ८५ लाख ५५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात नौ दशमलव ७६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया