Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तको खुद नाफा ३७ करोड १९ लाख

डिप्रोक्स लघुवित्तको खुद नाफा ३७ करोड १९ लाख


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ३७ करोड १९ लाख ३० हजार ११ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ५५ करोड ३१ लाख ८३ हजार एक सय छ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ५५ करोड १० लाख ८८ हजार एक सय ६६ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा नौ अर्ब चार करोड ५५ लाख ६५ हजार ९६ रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब २३ करोड पाँच लाख १५ हजार चार सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २४ करोड ५३ लाख ८३ हजार एक सय ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर पाँच दशमलव २५ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले सात अर्ब ९७ करोड एक लाख ७८ हजार सात सय ५७ रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ३२ करोड १५ लाख १२ हजार नौ सय ६६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३७ करोड २७ लाख २१ हजार छ सय ७६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव ९० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया