Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमता घरेलु लघुवित्तको खुद नाफा पाँच करोड ७४ लाख

समता घरेलु लघुवित्तको खुद नाफा पाँच करोड ७४ लाख


काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा पाँच करोड ७४ लाख सात हजार रुपैयाँँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा सात करोड ९७ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँँ रहेको संस्थाले आव २०७९/८० मा ९८ करोड १४ लाख पाँच हजार रुपैयाँँ निक्षेप संकलन गरी दुई अर्ब ९० करोड ४९ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड २० लाख तीन हजार रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड ५२ लाख ६६ हजार रुपैयाँँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ५१ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब २० करोड २६ लाख ५५ हजार रुपैयाँँ निक्षेप संकलन गरी तीन अर्ब ४० करोड ९७ लाख ५९ हजार रुपैयाँँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ४७ लाख ३३ हजार रुपैयाँँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौं करोड ४३ लाख ५२ हजार रुपैयाँँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया