Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायबल नेपाल सातौँ वर्षमा

रिलायबल नेपाल सातौँ वर्षमा


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार सुरु गरेको छ वर्ष पूरा गरेको छ । जीवनबीमा कारोबार सुरु गरेको छ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिब ७० लाख बीमितहरू, कम्पनीको पहुँचलाई दूरदराजसम्म पु-याउन अहम् भूमिका खेल्ने रिलायबल एडभाइजरी ग्रुप, नियमनकारी निकायहरू, लगनीकर्ताहरू, अहोरात्र कामप्रति समर्पित कर्मचारी वर्ग, पत्रकारलगायत समस्त सरोकारवाला निकायलाई कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।

हालसम्मको उपलब्धिबाट हामीलाई थप कार्य गर्नको लागि ऊर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठूलो जिम्मेवारी बहन गर्नका लागि थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेक होल्डर्सबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि कम्पनीले गरेको छ । अगाडि दिनमा हामी सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहकमैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले केन्द्रीय कार्यालय बुटवल, दमक शाखामा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सरसफाइ, विभिन्न वृद्धाआश्रममा खाद्य सामग्रीहरू वितरण, विद्यालयमा स्टेस्नरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यगरी वार्षिक उत्सव हर्सोउल्लासरूपमा मनाएको छ । यस कार्यमा कर्मचारी एवम् बीमा अभिकर्ताहरूको सक्रिय सहभागिता रहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया