Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिथिला लघुवित्तको खुद मुनाफा दुंई करोड ९५ लाख

मिथिला लघुवित्तको खुद मुनाफा दुंई करोड ९५ लाख


काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७९/८० मा दुई करोड ९५ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा पाँच करोड ७६ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १९ करोड ६० लाख दुई हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ८५ करोड ८३ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३६ करोड ४३ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौं करोड ४४ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ८५ लाख ३७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७८ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ७० करोड २५ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १७ करोड ४१ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ९९ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २७ लाख ९३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ६१ प्र्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया