Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई पेमा साइन रेसुङ्गाको मोबाइल बैंकिङबाट पैसा पठाउन सकिने

आईएमई पेमा साइन रेसुङ्गाको मोबाइल बैंकिङबाट पैसा पठाउन सकिने


काठमाडौं । आईएमई पेमा साइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीले पैसा पठाउने सक्ने भएका छन् । विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आईएमई पेले साइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौताअन्तर्गत अब बैंकका सेवाग्राहीले बैंकको मोबाइल बैंकिङबाट सिधै आईएमई पेमा पैसा लोड गर्न सक्ने बताइएको छ । ‘आईएमई पे’ले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको दाबी गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया