Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारछिमेक लघुवित्तको मुनाफा एक अर्ब छ करोड

छिमेक लघुवित्तको मुनाफा एक अर्ब छ करोड


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा एक अर्ब छ करोड १९ लाख २६ हजार दुई सय ३३ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब ८३ करोड ५४ लाख दुई हजार रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा ३० अर्ब ७१ करोड ६६ लाख १३ हजार दुई सय ८३ रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ३६ लाख नौ हजार चार सय ७६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ८५ करोड ३४ लाख ८० हजार पाँच सय ७० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा एक अर्ब ४५ करोड एक लाख ३४ हजार पाँच सय ४३ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने पाँच दशमलव ७५ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले २७ अर्ब एक करोड ९४ लाख ६१ हजार पाँच सय ५५ रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब सात करोड ४० लाख २० हजार पाँच सय ९१ रुपैयाँ रहेको थियो । उक्त अवधिमा दुई अर्ब ४९ करोड ६० लाख ९३ हजार पाँच सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थामा शून्य दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । उक्त अवधिमा वितरणयोग्य नाफा एक अर्ब २० करोड ६४ लाख एक हजार नौ सय ४६ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने पाँच दशमलव १४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया