Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारट्रेजरी बिलको बिक्रीमार्फत आज पुनः २० अर्ब रुपैयाँ उठाइँदै

ट्रेजरी बिलको बिक्रीमार्फत आज पुनः २० अर्ब रुपैयाँ उठाइँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पुनः २० अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ  । चालू आर्थिक वर्षमा विभिन्न सरकारी खर्चको लागि कुल दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले ट्रेजरीको बिक्रीमार्फत आन्तरिक ऋण उठाउन लागेको हो ।

बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बिक्री हुने सबै ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गतको रहेको राष्ट्र बैंकको भनाइ छ । जारी मिति भदौ १९ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले बोलकबोल पेस गर्न सक्नेछन् । बिक्री गरिने उक्त ट्रेजरी बिलमा क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिन अवधिको छ अर्ब चार करोड ५० लाख, एक सय ८२ दिन अवधिको सात अर्ब र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

यीमध्ये २८ दिन अवधिको विसं २०८० असोज १६ गते, ९१ दिन अवधिको वि.सं २०८० मंसिर १९ गते, एक सय ८२ दिन अवधिको विसं २०८० फागुन २२ गते र तीन सय ६४ दिन अवधिको विसं २०८१ भदौ १८ गते परिपक्व हुने अवधि तोकिएको छ । गत साता पनि राष्ट्र बैंकले कुल १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । यसको लागि राष्ट्र बैंकले २८ दिन अवधिको चार आठ अर्ब र ९१ दिन अवधिको सात अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया