Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री इ–सेवाबाट

इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री इ–सेवाबाट


काठमाडौं । इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इ–सेवाबाटै गर्न सकिने भएको छ । दुवै संस्थाका प्रतिनिधिले व्यवसायमा सहकार्य गर्ने सम्झौता गरेपछि सेवाग्राहीले यस्तो सुविधा पाउने भएका हुन् ।

सम्झौताले लगानीकर्तालाई इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने जानकारी इ–सेवाले दिएको छ । सम्झौतापत्रमा इ–सेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशीष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटिजका चिफ अपरेटिङ अफिसर संगीता तिमल्सिना र कम्प्लाएन्स अफिसर नीता नेपालले हस्ताक्षर गरेका हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया