Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिड सोलु हाइड्रोपावरको आईपीओ

मिड सोलु हाइड्रोपावरको आईपीओ


काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही भदौ २८ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ करोड २१ लाख १७ हजार दुई सय रुपैयाँ बराबरको छ लाख २१ हजार एक सय ७२ कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।

कम्पनीका अनुसार जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँमध्येबाट २० प्रतिशतको दरमा १४ लाख ९६ हजार आठ सय कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । सोमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, वैदेशिक रोजगारीमा रहेका र कम्पनीमा कार्यरत कर्मचारीका लागि छु्ट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही असोज एक गते र ढिलोमा असोज ११ गते बन्द हुने छ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया