Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंक र एड्भान्स्ड अटोमोबाइल्सबीच अटोलोन सम्झौता

सानिमा बैंक र एड्भान्स्ड अटोमोबाइल्सबीच अटोलोन सम्झौता


काठमाडौं । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँतिहार र बहुप्रतिक्षित नाडा अटो सोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ ।

सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिङ डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ । सम्झौताअनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंकमार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरू र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ ।

यसका साथसाथै रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत रेनोका ग्राहकले सात लाखसम्मको छुटको साथै इजी फाइनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरलगायतका लाभ पाउन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया