Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा र सिजी मोटर्सबीच सम्झौता

कामना सेवा र सिजी मोटर्सबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र सिजी मोटर्सबीच सम्झौता भएको छ । बैंकले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजी मोटर्स प्रालिसँग शुक्रबार सम्झौता गरेको हो ।

सम्झौतामा कामना सेवाका तर्फबाट नायब कार्यकारी अधिकृत विनय दाहाल र सिजी मोटर्सको तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् सिजी मोटर्सका विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकले कामना सेवाबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया