Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र भारतस्थित अपोलो हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र भारतस्थित अपोलो हस्पिटलबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राइजेज लिमिटेडबीच सिटिजन्स बैंकका कार्ड ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको छ । अपोलो हस्पिटल्स इन्टरप्राइजेजका विभिन्न नौ स्थानमा रहेका हस्पिटलमा सेवा लिँदा यो सुविधा पाइने कम्पनीले जनाएको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राइजेजका तर्फबाट भाइस प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस डा कात्तिक अनन्थरामनले हस्ताक्षर गरेका छन् । सिटिजन्स बैंकको भारतस्थित हस्पिटल्सहरूसँगको यो दोस्रो सम्झौता हो । यसअघि बैंकले भारतस्थित मेदान्त–द मेडिसिटि अस्पतालसँग बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । यस सहकार्यबाट हाल यस बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका ग्राहकहरूले पाउने बताइएको छ ।

बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ४५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया