नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालन
काठमाडौं । नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनका लागि सेवा प्रदायकसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले ग्राहकका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्नको लागि यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
सम्झौतासम्बन्धी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौताप्रति खुसी व्यक्त गर्दै यो कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउने विश्वास व्यक्त गरे । ‘यसले ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्छ,’ उनले भने । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय २८ वटा शाखाहरू, दुई सय चारवटा एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई डिजिटल वित्तीय सेवा पु-याउँदै आएको बैंकले जनाएको छ । बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया