महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य र होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ । बैंकले सूर्य जनसेवा हेल्थ केयर कोटेश्वर, सूर्यपुरा पोलिक्लिनिक गैडहवा, कर्नर प्वाइन्ट रेस्टुरेन्ट एन्ड बार न्युरोड काठमाडौं, इ रिभल्बिङ इन्डियन कुजाइन रेस्टुरेन्ट न्युरोड काठमाडौं र गंगाजमुना युनिसेक्स सैलुन सुनसरीसँग सम्झौता गरेको हो ।
सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ । यसअन्र्तगत् कोटेश्वरमा रहेको सूर्य जनसेवा हेल्थकेयरको प्रयोगशाला परीक्षणमा २० प्रतिशत, अल्ट्रा साउन्ड, एक्स रे, इको, इन्डोस्कोपी, जनरल वार्ड, क्याबिन र ओपीडीमा १५ प्रतिशत छुट हुने छ भने सूर्यपुरामा रहेको सूर्यपुरा पोलिक्लिनिकमा ल्याब, एक्स रे, भिडियो एक्सरे, ईसीजी र बेड शुल्कमा १० प्रतिशत, औषधिमा पाँच प्रतिशत र ओपीडी निःशुल्क हुनेछ ।
यसैगरी काठमाडौंको न्युरोडमा रहेको कर्नर प्वाइन्ट रेस्टुरेन्ट एण्ड बारमा सबै खाना र वेभरेजमा १० प्रतिशत, न्युरोडमै रहेको ई– रिभल्विङ इन्डियन कुजिन रेस्टुरेन्टमा १० प्रतिशत र इटहरीमा रहेको गंगाजमुना युनिसेक्स सैलुनले दिने सबै प्रकारका सेवामा १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया