Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ फाउन्डेसनको रक्तदान

मुक्तिनाथ फाउन्डेसनको रक्तदान


काठमाडौं । मुक्तिनाथ फाउन्डेसनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक तथा आर्थिकरूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको हो  । २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाको उद्देश्यभित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रूपमा कार्य गर्नेछ ।

यसअघि संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै आएको छ । वाग्मती सरसफाइ कार्यक्रममा सहभागिता, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपािलकालगायत देशका विभिन्न स्थानमा बृहत् वृक्षारोण कार्यक्रम गरिसकेको छ । दोस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ३८ पोका रगत संकलन गरेको छ । सो कार्यक्रमलाई त्रिवि शिक्षण अस्पतालबाट प्राविधिक सहयोग प्राप्त भएको थियो । संस्थाका सञ्चालक नारायणकुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष भरतराज ढकालले रक्तदाता तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया