Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकका ग्राहकलाई छुटैछुट

हिमालयन बैंकका ग्राहकलाई छुटैछुट


काठमाडौं । हिमालयन बैंकले आफ्ना ग्राहकलाई देशका एक सय ६० भन्दा बढी स्थानमा छुटको व्यवस्था गरेको जनाएको छ । बैंकका अनुसार ग्राहकमाझ सेवा अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं, पोखरा, चितवनलगायत एक सय ६० भन्दा बढी स्थानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो ।

ग्राहकले देशका विभिन्न स्थानमा रहेका होटल, रेस्टुरेन्ट, अस्पताल, ल्याब, डायग्नोस्टिक सेन्टर, गहना गृहका साथै कपडा, चस्मा, घडी, मोबाइल, ल्यापटप, खेल सामग्री, फर्निचरलगायतको खरिदमा छुट पाउन सक्ने बैंकले जनाएको छ । यसैगरी कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक र एडभेन्चर टुरिज्ममा पनि छुट पाउने व्यवस्था मिलाइएको छ ।

बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा ग्राहकलाई २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । छुट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनु पहिले बैंकको डेबिट/क्रेडिट कार्ड वा चेक बुक देखाउनु पर्नेछ । छुट पाउने स्थान बढाएर दुई सयसम्म पु¥याउने तयारी रहेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया