Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज क्यापिटलको पुँजीबजारसम्बन्धी सारक्षरता अभियान

सनराइज क्यापिटलको पुँजीबजारसम्बन्धी सारक्षरता अभियान


काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा, पुँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तीकरण गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर सह्रानीय कदम चालेको छ । कम्पनीले भदौ २४ गते देखि २७ गतेसम्म नेपालगञ्ज, लुम्बिनी प्रदेश (प्रदेश ५), सुर्खेत, कर्णाली प्रदेश (प्रदेश ६) र धनगढी, सुदूरपश्चिम प्रदेश (प्रदेश ७) का विभिन्न कलेजहरूमा लगानी सचेतना तथा तालिम कार्यक्रमहरू सञ्चालन गरिएको छ । उक्त कार्यक्रमबाट सनराइज क्यापिटल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै नयाँ पुस्तालाई पुँजीबजार सम्बन्धमा साक्षर बनाउन र सेयरबजार लगानीसम्बन्धी व्यावहारिक तथा आधारभूत ज्ञान प्रदान गर्न सफल भएको छ ।

उक्त कार्यक्रम भदौ २४ गते धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) र भदौ २५ गते ऐश्वर्या बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको थियो । जसमा दुई सय ५० भन्दा बढीको सहभागी रहेको र विशेष गरेर स्नातक तहका विद्यार्थीहरू सो कार्यक्रमबाट लाभान्वित भएका थिए । यस्ता कार्यक्रमले विद्यार्थीलाई पुँजीबजारको सूक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीतिहरू, बजार विश्लेषण र वित्तीय योजनामा लियो आधार प्रदान गर्न सहयोगी हुनेछ भन्ने यो कम्पनीको ठम्याई रहेको छ । सनराइज क्यापिटलको पुँजीबजार लगानी सचेतना कार्यक्रम भदौ २६ गते प्रदेश ५ नेपालगञ्जस्थित बाँके बागेश्वरी क्याम्पसका गैरव्यावसायिक तर प्राविधिक, आईटी र इन्जिनियरिङ स्नातक तहका विद्यार्थीलाई पुँजीबजारका विषयवस्तुका बारे सामान्य ज्ञान तथा सीप सशक्तीकरण गर्ने उद्देश्यले आयोजना गरेको थियो । कार्यक्रम प्राविधिक विशेषज्ञता र वित्तीय ज्ञानबीचको अन्तरलाई न्यून गर्न फलदायी रहेको बुझिन्छ । साथै, भदौ २७ गते कर्णाली प्रदेश ६, सुर्खेतमा एक अग्रगामी शैक्षिक संस्था सुर्खेत मोडल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थी समुदायबाट अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रहेको क्यापिटलको तर्फबाट इन्भेस्टमेन्ट बैंकिङ प्रमुख विनोद आलेले जानकारी दिए ।

पुँजीबजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम देशको सात वटै प्रदेशमा गर्न सनराईज क्यापिटल सदा अग्रसर रहेको सनराइज क्यापिटल लिमिटेडका कार्यकारी प्रमुख विजयलाल श्रेष्ठले जानकारी दिए । यस अभियानको नेतृत्व सनराइज क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङका प्रमुख विनोद आलेले गरेका थिए, जसमा धितोपत्र कारोबार, लगानी रणनीति, जोखिम व्यवस्थापन, डिम्याट, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, मर्चेन्ट बैंकिङ, अनुसन्धान र सल्लाहकार र प्रणालीगत लगानीलगायतका मुख्य क्षेत्रहरूमा केन्द्रित गरिएको थियो । नेपालको पूर्वी प्रान्तमा यस पहललाई निरन्तरता दिने र विस्तार गर्ने योजनासहित कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया