Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैक र निभ नेपालबीच सम्झौता

कामना सेवा विकास बैक र निभ नेपालबीच सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले निभ नेपालसँग सम्झौता गरेको छ ।

सम्झौतामा कामना सेवाको तर्फबाट नायब कार्यकारी अधिकृत विनय दाहाल र निभ नेपालको तर्फबाट कार्यकारी अधिकृत सविता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापश्चात् निभ नेपाल प्रालिका विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया