‘एनएमबी बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक
काठमाडौं । एनएमबी बैंकको एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक भएको छ । एनएमबी बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन् । यो कार्डले ग्राहकको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबी बैंक र बुद्ध एयरले लिएका छन् । को–ब्रान्डेड डेबिट कार्डका ग्राहकले काठमाडौं उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरू, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउने बताइएको छ ।
यसको साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्ने बैंकको भनाइ छ । एनएमबी बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकलाई शतप्रतिशत भाडा (शतप्रतिशत क्यास ब्याक) फिर्ता गर्नु यो कार्डको मुख्य विशेषता रहेको र नेपालको जुनसुकै कुनामा रहेका एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्तालाई प्रदान गरिएको बैंकले बताएको छ । बैंकले हाल देशभर दुई सय एक वटा शाखा, एक सय ४६ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया