Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स क्यापिटल र खानीखोला हाइड्रोपावरबीच सम्झौता

सिटिजन्स क्यापिटल र खानीखोला हाइड्रोपावरबीच सम्झौता


काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडबीच धुम्बाराही, काठमाडौंमा हाइड्रोपावरको साविकको सेयरधनीको लागि हकप्रद सेयर निष्काशन प्रबन्धसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन प्रबन्धकको रूपमा काम गर्नेछ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडअन्तर्गतको आयोजना ‘टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना’ ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमशः चार दशमलव ३६ मेगावाट र दुई मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरू २०७३ मंसिरदेखि नै सञ्चालनमा आइसकेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया