सानिमा बैंकको सेवा मूल्याङ्कन क्युआर कोडमार्फत
काठमाडौं । सानिमा बैंकको सेवा मूल्याङ्कन क्युआर कोडमार्फत हुने भएको छ । बैंकले आफ्ना ग्राहकले सम्पूर्ण कार्यालयहरूमार्फत बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्याङ्कन गर्न मिल्ने सुविधा ल्याएको हो । बैंकले ग्राहकको प्रतिक्रिया लिन र बैंकको सेवा मूल्याङ्कन गर्न यो सुविधा ल्याएको जानकारी दिएको छ ।
सानिमा बैंकका सेवाग्राहीले क्युआरमार्फत बैंकको सेवाको अनुभव मूल्याङ्कन गर्न तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले आफ्नो सम्पूर्ण कार्यालयको काउन्टर र ग्राहक सेवा विभागमा क्युआर कोड उपलब्ध गराएको छ । क्युआर कोड स्क्यान गरी ग्राहकले बैंकमा आफनो अनुभव तत्कालै मूल्याङ्कन गर्न तथा अनुभवको प्रतिक्रिया दिन सक्ने बताइएको छ । बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकको देशका सातै प्रदेशमा एक सय ३२ वटा शाखा कार्यालयहरू तथा एक सय २३ वटा एटीएमहरू सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया