Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा पौडेल

एनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा पौडेल


काठमाडौं । एनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । संस्थाको शुक्रबार बसेकोे सञ्चालक समितिको एक सय ८४ औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रूपमा कार्यरत थिए । साथै, यसअघि यसै संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै यस संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हालिरहेका थिए । सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजीनामा स्वीकृत भएपश्चात् पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया