Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंककोे पस मेसिनबाट रकम हिनामिना

नेपाल एसबीआई बैंककोे पस मेसिनबाट रकम हिनामिना


काठमाडौं । नेपाल एसबीआई बैंकको पस (पोइन्ट अफ सेल्स) मेसिनमार्फत रकम हिनामिना भएको छ । स्रोतका अनुसार ड्रागन इन्भेस्टमेन्ट कम्पनीको नाममा नेपाल एसबीआई बैंकबाट जारी भएको पस मेसिनबाट दुई पटकमा एक करोड ५३ लाख ७२ हजार चार सय २६ रुपैयाँ हिनामिना भएको हो ।

काठमाडौंको नयाँ बजारमा थान्का र मूर्तिको कारोबार गर्ने किसनराज सिंहले एसबीआई बैंक ठमेल शाखाबाट पस मेसिन लिएर कारोबार गर्दै आएका थिए । उनले उक्त मेसिनबाट दुई पटकमा भिसा कार्डबाट २८ हजार आठ सय २५ डलर र मास्टर कार्डबाट ८६ हजार नौ सय ५० डलर जम्मा गरेका थिए । विदेशी नागरिकको कार्डबाट भुक्तानी भएको रकम सर्वप्रथम युरोपको बैंकबाट नोस्ट्रो एकाउन्टमा जम्मा हुन्छ । सोपश्चात् मात्र उक्त रकम नेपाल एसबीआई बैंकमा आउँछ । उक्त प्रक्रियामार्फत रकम आएपछि सिंहले नेपाल एसबीआई बैंकबाट रकम झिकेका थिए । तर यसरी रकम झिकेपछि रकम हराएको भनी खातावालाको दाबी आएपछि युरोपको बैंकले नोस्ट्रो एकाउन्ट र नोस्ट्रोले एसबीआई बैंकबाट रकम फिर्ता लिएको थियो । तर नेपाल एसबीआई बैंकले भने उक्त रकम झिकेका सिंहबाट रकम पाएको छैन, सोही आधारमा बैंकको उक्त रकम डुबेको हो ।

यसरी रकम डुबेपछि नेपाल एसबीआई बैंकले अनुसन्धान गरी रकम उठाइदिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा निवेदन दिएको छ । सोही निवेदनका आधारमा सीआईबीले डुबेको भनिएको रकम र रकम झिक्ने सिंहको बारेमा अनुसन्धान गरिरहेको सीआईबी स्रोतले बताएको छ । यता बैंकको रकम डुबेको भन्ने विषयमा बैंकका प्रमुख सूचना अधिकृत रितेश अर्यालसँग पटकपटक सम्पर्क गर्न खोज्दा उनको मोबाइल लागे पनि उठेन । बैंकका गुनासो सुनुवाई अधिकृत सुरज मानन्धरसँग पस मेसिनमार्फत बैंकको रकम हराएको विषयमा जानकारी माग गर्दा यसबारे आफूलाई जानकारी नभएको बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया