Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुछ्रे र एसबीआई बैंकका ग्राहकलाई ॐ अस्पतालमा छुट

माछापुछ्रे र एसबीआई बैंकका ग्राहकलाई ॐ अस्पतालमा छुट


काठमाडौं । माछापुछ्रे र एसबीआई बैंकका ग्राहकले ॐ अस्पतालमा छुट पाउने भएका छन् । दुई बैंकले अस्पतालसँग गरेको सम्झौताबमोजिम यो छुट पाउने भएका हुन् । बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ ।

हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुछ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै, ओम हस्पिटलले नेपाल एसबीआई बैंकसँग पनि सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा योनो नेपाल एसबीआई मोबाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा छुट पाउने छन् ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित ॐ अस्पतालले तीन दशकदेखि निरन्तर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले ३७ भन्दा बढी विषयमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया