Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई पेबाट एसआईपी भुक्तानी

आईएमई पेबाट एसआईपी भुक्तानी


काठमाडौं । डिजिटल वालेट आईएमई पेमार्फत सेवाग्राहीले सजिलै आफ्नो सिस्टमेटिक इन्भेस्टमेन्ट प्ला (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । एसआईपी भुक्तानी सेवा प्रदान गर्न आईएमई पेले एनआईसी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ ।

सो सम्झौताअन्तर्गत अब आईएमई पेका सेवाग्राहीले एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया डायनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्स्टलमेन्ट ट्यारिफ युनिट पर्चेजको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो केही समययता पुँजीबजारमा एसआईपी लोकप्रिय बन्दै आएको र यसको भुक्तानीलाई थप सहज पार्दै आईएमई पेले आफ्ना सेवाग्राहीको लागि यो सेवा सुरु गरेको आईएमई पेका सीईओ प्रवीन रेग्मीले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया