नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि तीन दिने (२०८० असोज ६ गतेदेखि ८ गतेसम्म) ‘चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आव २०७९/८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल चार सय ५० जनाभन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्नुका साथै नेपालभरिबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्वितीय र तृतीय हुने अभिकर्ताहरू, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलगअलग उत्कृष्ट गर्ने सातजना लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।साथै, सो समारोहमा सातवटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलगअलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्तालाई पनि सम्मानित गरिएको थियो ।
समारोहमा अध्यक्ष सिंहले नेपालको जीवनबीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवनबीमा कम्पनीको रूपमा आफूलाई स्थापित गरेको बताइन । कम्पनीले आउने दिनमा आफ्नो प्रतिस्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालालाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको र यो सबै अभिकर्ताको योगदानबाट मात्र सम्भव हुने भएकाले कम्पनीलाई अग्रस्थानमा पु-याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धत्ता अध्यक्षले प्रकट गरिन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया