आईएमएफको टोली र सीबीफिनका प्रतिनिधिबीच छलफल
काठमाडौं । कर्जा सुविधा विस्तारसम्बन्धी अन्तर्राष्ट्रिय मुद्रा कोषको तेस्रो समीक्षा गोष्ठीअन्तर्गत आईएमएफको मुख्यालयबाट टीडीआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सीबीफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वको टोलीबीच यही आश्विन १२ गते भेट भएको छ । शुक्रबार सीबीफिन कार्यालय सुन्धारामा भेटघाट तथा छलफल सम्पन्न भएको सीबिफिनले जनाएको छ ।
आईएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा यसअघि नै तय गरिएको भेटघाटका क्रममा चालू मौद्रिक नीति, चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन र आर्थिक एवम् बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयमा सघन छलफल भएको बताइएको छ ।
भेटघाटका क्रममा सीबीफिनका अध्यक्ष पवनकुमार गोल्यानले समग्र आर्थिक एवम् बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दाहरूमा आईएमएफसँग निरन्तर छलफल तथा संवाद भइरहेको स्मरण गर्दै अध्यक्ष गोल्यानले नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत एवम् व्यावहारिक पक्ष र विकास साझेदार संस्थाहरूको भूमिकाका विषयमा प्रकाश पारेका थिए । मिसन टोलीका प्रमुख टीडीयान किन्दासहितका प्रतिनिधिहरूले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वाभाविक भए पनि नेपाल सरकारले तत्काल सुधारका कदमहरू चाल्न आवश्यक रहेको बताएका थिए ।
नेपालजस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरूको सम्भावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गरेका थिए ।
मिसन टोलीको जिज्ञासा मेट्दै सीबीफिनका अध्यक्ष गोल्यानले नेपालको कृषि, वन पैदावर, ऊर्जा, पयर्टनलगायतका क्षेत्रहरूमा देखिएका अथाह सम्भावनालाई ध्यान दिँदै नेपाल सरकार तथा मातहतका नियामक निकायहरूले मैत्रीपूर्ण नीति र वातावरण बनाइ समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पुँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्ने उल्लेख गरे । त्यसैगरी दातृ निकाय तथा विकास साझेदार संस्थाहरूले पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपालका बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न अध्यक्ष गोल्यानले टोलीसमक्ष आग्रह गरेका थिए ।
त्यसैगरी सीबीफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्रप्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीको सामना गरिरहेको भए पनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामथ्र्य बैंकिङ क्षेत्रमा रहेको विश्वास व्यक्त गरेका थिए ।
उक्त भेटघाटका क्रममा अध्यक्ष गोल्यानले ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ नामक अध्ययन पुस्तक र विभिन्न समयमा गरिएका महत्वपूर्ण अध्ययन प्रतिवेदनबारे ब्रिफिङ गर्दै मिसन टोली प्रमुख टिडियान किन्दालाई हस्तान्तरण गरेका थिए । उक्त अध्ययन पुस्तक तथा प्रतिवेदनहरू ग्रहण गर्दै मिसन टोली प्रमुख किन्दाले सीबीफिनले उठाएका विषयहरूका बारेमा आईएमएफलगायतका निकायहरूमा आवश्यक छलफल गर्ने सन्देश व्यक्त गरेका थिए ।
छलफलमा आईएमएफ मिसनबाट मिन्क गोर्ट, रसेल ग्रिन, आईएमएफ नेपालकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेज, अर्थशास्त्रीद्वय सुधा दाहाल, सरस्वती शर्मा र सीबीफिनका कोषाध्यक्ष तुलसीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली, सदस्य उपेन्द्र केशरी न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया