Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंक २४ औँ वर्षमा

माछापुच्छ्रे बैंक २४ औँ वर्षमा


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड २४ औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीयस्तरको बैंकको रूपमा स्थापना भएको बैंक अहिले नेपालको गुणस्तरीय वाणिज्य बैंकको रूपमा उभिएको बैंकको दाबी छ । यस उपलक्ष्यमा बैंकले ग्राहक, नियमकारी निकाय, सेयरधनी सदस्य र कर्मचारीप्रति कृतज्ञता व्यक्त गरेको छ । २३ वर्षको दौरानमा बैंकप्रति अनवरतरूपमा साथ सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकप्रति बैंक सदैव अनुगृहित रहेको बैंकको भनाइ छ । वार्षिकोत्सवको अवसरमा बैंकले २० वर्षभन्दा बढी निरन्तर बैंकमा सेवा गरिरहेका कर्मचारीलाई सम्मान प्रदान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष डा उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवम् उत्तरोत्तर प्रगति तथा संवृद्धिका लागि अभिभावकको रूपमा निरन्तर मार्गदर्शन तथा साथ दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवम् शुभचिन्तकप्रति कृतज्ञता ज्ञापन गरे । उनले आगामी दिनमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधा प्रदान गर्दै बैंकको संस्थागत सुशासनको महत्व मनन् गरी संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूलनाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भूमिका खेल्दै आइरहेको माछापुच्छ्रे बैंकले आजको दिनसम्म आइपुग्दा आफूलाई स्मार्ट बैंकको रूपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकको चाहना तथा आवश्यकताबमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवालाई अझ सरल, सहज र विश्वसनीय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, माछापुच्छ्रे बैंकले आफ्नो २३ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरू ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्डबाट लिन सकिनेछ ।

उक्त अफरअन्तर्गत दुई जना भाग्यशाली फोन पे मर्चेन्टले सामसुङ ट्याब्लेट, एक जना भाग्यशालीले पाँच सय रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । साथै, बैंकको एक जना ग्राहकले एमबीएल एम स्मार्टबाट फोन पे बिल्समार्फत बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्ने बताइएको छ । यी अफरहरू आश्विन १५ देखि आश्विन ३० सम्मको लागि लागू रहने छन् ।

साथै, बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक पाँच सय २३ रुपैयाँ र सात सय २३ रुपैयाँ, नेपाल पे क्युआरमार्फत भुक्तानी गर्र्दा २३ प्रतिशतसम्मको क्यासब्याक दुई सय २३ रुपैयाँ, सिटी टेकको तीन जना फिनपोस मर्चेन्टले प्रतिदिन पाँच सय २३ रुपैयाँको रिचार्ज कार्ड, सिजी डिजिटल तथा सेल्ट्रोन नेपाल प्रालिले एक जना भाग्यशाली मर्चेन्टलाई सिजी टीभी र सेल्ट्रोनमार्फत हनर फोन पाउन सक्नेछन् र मोकोमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३ प्रतिशतसम्मको दुई सय ३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाइरहेका छन् । उक्त अफरहरू आश्विन १ गतेदेखि सुरु भएकोमा आश्विन १७ मा समाप्त हुनेछन् । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ सेवा, दुई सय दुईवटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया