Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकको भवन शिलान्यास

हिमालयन बैंकको भवन शिलान्यास


काठमाडौं । हिमालयन बैंकले नयाँ भवनको शिलान्यास गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरीस्थित आफ्नै जग्गामा भवन निर्माणका लागि शिलान्यास गरेको हो । बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेको बंैंकले जानकारी दिएको छ ।

समारोहमा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष श्रेष्ठले देशका विभिन्न प्रमुख सहरहरूजस्तै इटहरी, वीरगञ्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी गराए।त्यस्तै, बैंकले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकहरूलाई सेवा प्रदान गर्ने योजना रहेको बताएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले भवन निर्माणपश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकलाई विशेष तथा परिष्कृत बैंकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । हाल बैंकले देशभरि रहेका एक सय ७६ वटा शाखा, दुई सय ६८ वटा एटीएम, २० विस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया