नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ता, ग्राहक वर्ग एवम् सर्वसाधारणलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले स्मार्ट मोबाइल एपको सुरुवात गरेको छ ।
कम्पनीले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोबाइल एपको शुभारम्भ गरेकी हुन् । मोबाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले सुरु गरेको यस स्मार्ट मोबाइल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरूले घरबाटै आफ्नो बीमालेखसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गरिन् । यसैगरी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यावसायिक बनाउन थप लगानी गर्ने प्रतिबद्धताअनुरूप कम्पनीले स्मार्ट मोबाइल एप लञ्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकले डिजिटलाइजेसनमार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए ।
स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउँदैै यस एपबाट अभिकर्ताले आफ्नोलगायत सञ्जालको व्यवसाय साथै आफ्ना बीमितहरूको बीमालेख सम्वन्धमा आवश्यक जानकारी प्राप्त गर्न सकिने र एपमार्फत नै आफ्ना बीमितलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेका बारे जानकारी गराए । यसैगरी कम्पनीका बीमितहरूले एपमार्फत बीमा शुल्क नवीकरणका सूचना प्राप्त गर्न सक्ने र एपमार्फत नै नवीकरण बीमा शुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवम् सर्वसाधारणहरूले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरू प्राप्त गर्नेलगायतका धेरै विशेषताहरू एपमा रहेको जानकारी गराए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले एपको माध्यमबाट सहजरूपमा घरै बसी धेरै कार्य गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रवद्र्धनमा अझ बढी सहयोग मिल्ने धारण राखे । कार्यक्रममा देशैभरि रहेका प्रदेश एवम् शाखा कार्यालयका प्रमुखहरू र वरिष्ठ अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया