Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअसोज २९ गतेबाट नयाँ नोटको सटही सुविधा

असोज २९ गतेबाट नयाँ नोटको सटही सुविधा


काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साताबाट चाडपर्व लक्षित नयाँ नोटको सटही सुरु गर्ने भएको छ । चाडपर्वको बेला नयाँ नोट सटही गर्न सजिलो होस्, भीडभाड नहोस् र सबैले आफूलाई पायक पर्ने स्थानबाट सहजरूपमा नोट सटही गर्न पाऊन् भन्ने उद्देश्यसहित असोज २९ गतेबाट दशैँ, तिहार र छठलक्षित नयाँ नोटको वितरण कार्य सुरु गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार विगतमा जस्तै यसपालि पनि सबैले सहजरूपमा सजिलै नयाँ नोट सटहीको सुविधा पाउने बताइएको छ । विगतमा राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति पाँच, १०, २०, ५० र एक सय रुपैयाँ गरी १८ हजार पाँच सय रुपैयाँको एक सेट अर्थात् १८ हजार पाँच सय रुपैयाँ नयाँ नोट वितरण गर्दै आएकोमा यो वर्ष पनि सोही परिमाणमा नयाँ नोट वितरण गरिने राष्ट्र बैंकको भनाइ छ ।

नयाँ नोट सटहीका लागि काठमाडौं उपत्यकाको हकमा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूको शाखा कार्यालयबाट हुनेछ । उपत्यकाबाहिरको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया