Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट


काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, शृङ्गार र होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले विभिन्न संस्थासँग छुट सम्झौता गरेको छ । सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले आधा दर्जन संस्थाको विभिन्न सेवामा छुट पाउने बैंकले जनाएको छ ।

यसअन्तर्गत सुमेरु हस्पिटल धापाखेल ललितपुरको ओपीडी र आईपीडी सेवामा १० प्रतिशत एवं फार्मेसीमा पाँच प्रतिशत, एसियन बुद्ध होटल भैरहवाको फुड, बेझरेज र ग्रिल बारमा १० प्रतिशत एवं स्पामा २० प्रतिशत, मल्ल फेन्सी आबुखैरनी तनहुँमा १० प्रतिशत, रिसु ब्युटी पार्लर हेटौँडा मकवानपुरमा १० प्रतिशत र ब्युटीफुल कलेक्सन बाँसबारीको क्लोथिङ प्रोडक्टसमा १० प्रतिशत र ब्याग र सुजमा पाँच प्रतिशतको छुट पाउनसक्ने कम्पनीले जनाएको छ ।

यो सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने बैंकले जानकारी दिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया