आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालीनाली, पशुपन्छी तथा कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीले आफ्नो पशुपन्छी तथा बालीनालीको बीमा ढुक्कसँग आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् ।
सोही अवसरमा प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले आफूले आफ्ना नगरवासी कृषक दाजुभाइ तथा दिदी बहिनीहरूको पशुपन्छी, बालीनालीको बीमापश्चात् कुनै कृषक दाजुभाइ तथा दिदीबहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानि नोक्सानी भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरूले आफ्नो सम्पत्तिको बीमा गरी ढुक्क भएर पशुपन्छीपालनलगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिकरूपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे । साथै, यसमा नगरपालिकाले अभिभावकको रूपमा रहेर नगरवासीलाई सेवा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाले आफ्ना नगरवासीलगायत नगरभित्र रहेका कृषकहरूको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ भने आफ्ना नगरवासीहरूको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भूमिका निर्वाह गरी सरानीय कार्य गरेकोमा नगर प्रमुख, प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, लेखा अधिकृत आर्जन श्रेष्ठलगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आह्वान गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया