Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा रिलायन्स लाइफको अभिमुखीकरण

सानिमा रिलायन्स लाइफको अभिमुखीकरण


काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले तीन सयभन्दा बढी अभिकर्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । इन्स्योरेन्सले बिर्तामोड र इटहरी क्षेत्रका अभिकर्ताका लागि असोज २० गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ ।

कार्यक्रममा इन्स्योरेन्सका डेपुटी सीईओ निराजन कँडेलले कम्पनीको प्रगति विवरण, आगामी रणनीति र सुशासनबारे प्रकाश पारेका थिए। कम्पनीका चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठ र सूर्य गुप्ताले अभिकर्तालाई सीप विकास सम्बन्धी तालिम प्रदान गरेका थिए । कार्यक्रममा गत आर्थिक वर्ष विभिन्न विधामा उत्कृष्ट कार्य गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । अहिले देशव्यापीरुपमा नै अभिकर्ताका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया