Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकासको क्रेडिट कार्डमा ईएमआई सेवा

गरिमा विकासको क्रेडिट कार्डमा ईएमआई सेवा


काठमाडौं  । गरिमा विकास बैंकले विकास बैंकहरूमध्ये पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ । यसअन्तर्गत, बैंकले सम्झौता गरेको बिक्रेताहरूसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिनेछ ।

साथै, यदि ग्राहक आफैँले पनि अरु कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिनेछ । दशैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरूले योे सुविधामार्फत लाभ उठाउन सक्नेछन् । बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर एक सय २२ वटा शाखा कार्यालय तथा ५० एटीएम एवं विभिन्न डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया