Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको डेबिट-क्रेडिट कार्डमा २० प्रतिशत नगद फिर्ता

गरिमा विकास बैंकको डेबिट-क्रेडिट कार्डमा २० प्रतिशत नगद फिर्ता


काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँलाई लक्षित गरी गरिमा विकास बैंकले ग्राहकका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई सय रूपैयाँसम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विकास बैंकको एउटा कार्डबाट अधिकतम दुई सय रूपैयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कात्तिक २०८० सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूको दशैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया