Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग


काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले नेपाल प्रहरीलाई सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी अन्तर्गतको प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको हो ।

बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्देश्यले जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर हस्तान्तरण गरेको हो । यसबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ । प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्रप्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुलका वरिष्ठ प्रहरी नायव निरीक्षक वसन्त थापालाई बैैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैंकले जनाएको छ । विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको बैंकले आम ग्राहकहरूको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया