Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकर्स संघ र फाइनान्सियल लिटरेसीबीच सम्झौता

बैंकर्स संघ र फाइनान्सियल लिटरेसीबीच सम्झौता


काठमाडौं । नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको उपस्थितिमा सो सम्झौतापत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालले संयुक्तरूपमा विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नेछन् । सो कार्यक्रममा पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले दुवै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रमहरू अगाडि बढाउँदा थप प्रभावकारी हुनुका साथै आगामी दिनहरूमा यसले सार्थक भूमिका खेल्ने उल्लेख गरे । यसैगरी संघका अध्यक्ष सुनिल केसीले यस सम्झौताले वित्तीय साक्षरता तथा बैंकिङ प्रवद्र्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेको बताए । फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले यस सम्झौताअनुसार संयुक्तरूपमा विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने व्यवहोरा जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया