Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउन्नति लघुवित्तले एफपीओ जारी गर्ने

उन्नति लघुवित्तले एफपीओ जारी गर्ने


काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक अफेरिङ (एफपीओ) जारी गर्ने भएको छ । एफपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डले उक्त संस्थालाई अनुमति दिएको हो ।

बोर्डका अनुसार लघुवित्तलाई एक लाख ७८ हजार चार सय ५१ कित्ता एफपीओ निष्कासनको अनुमति दिइएको हो । लघुवित्तले एफपीओ निष्काशनका लागि २०७८ चैत २५ गते निवेदन दिएको थियो । संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एफपीओ जारी गर्न अनुमती पाएको हो । संस्थाको हाल चुक्ता पुँजी २२ करोड ९० लाख रुपैयाँ रहेको छ ।

एफपीओ जारी गर्नको लागि संस्थाको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रुपमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया