Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधनप्रति परिसंघद्वारा दुःख व्यक्त

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधनप्रति परिसंघद्वारा दुःख व्यक्त


काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधनप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)ले दुःख व्यक्त गरेको छ । श्रेष्ठको ९४ वर्षको उमेरमा यही कात्तिक ६ गते, मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । श्रेष्ठको अकल्पनीय एवं दुःखद निधनले परिसंघ परिवार स्तब्ध एवं मर्माहत भएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको महसुस गरेको परिसंघको भनाइ छ ।

कुशल नेतृत्व क्षमता, नवीन एवं दूरदर्शी सोचहरूलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंकको रुपमा स्थापित हुन सफल भएका परिसंघको भनाइ छ । भारतीय पञ्जाव नेसनल बैंकलाई ज्वाइन भेञ्चरकोरुपमा नेपालमा प्रथम पटक सफलपूर्वक भित्र्याएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइ समेत प्रदान गरेको हो ।

‘नेपालको बैंकिङ क्षेत्रमा श्रेष्ठको पु-याएका अमूल्य योगदानप्रति हामी खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौँ । उहाँका युगान्तकारी कर्म र पहलहरू नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौँ । जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशील रहनुभएका श्रेष्ठका उदाहरणीय कार्यहरू हामी सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहनेछन्’, विज्ञप्तिमा भनिएको छ

श्रेष्ठ नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष भएका थिए । उनको पहलमा भारतको पंजाब नेसनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो । पंजाब नेसनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ । एभरेष्टमा श्रेष्ठसहित उनको परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया