Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसरकारका लागि खर्चको जोहो गर्दै राष्ट्र बैंक

सरकारका लागि खर्चको जोहो गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। चालु आर्थिक वर्षमा सरकारका लागि कूल दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले आज ट्रेजरी बिलको बिक्रीमार्फत् उक्त परिमाणमा आन्तरिक ऋण उठाउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिलमध्ये २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको आठ अर्ब १० करोड, एक सय ८२ दिन अवधिको १३ अर्ब र र तीन सय ६४ दिन अवधिको एक अर्ब ५६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्र बैंकको भनाइ छ । यी ट्रेजरी बिलहरूको परिपक्व हुने अवधि क्रमशः २०८० मंसिर १२ गते, २०८० माघ १६ गते, २०८१ वैशाख १८ गते र २०८१ कात्र्तिक १३ गते तोकिएका छन् । जारी मिति कात्र्तिक १४ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल पेस गर्न सक्नेछन् । बिक्री गरिने सबै ट्रेजरी बिलहरू पुरानो नवीकरणअन्र्तगत रहेको राष्ट्र बैंकको भनाइ छ ।

यसअघि कात्र्तिक तीन गते पनि राष्ट्र बैंकले कूल १६ अर्ब ४० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरी सरकारका लागि आन्तरिक ऋणको जोहो गरिदिएको थियो । यसका लागि राष्ट्र बैंकले २८ दिन अवधिको आठ अर्ब, ९१ दिन अवधिको ४९ करोड, एक सय ८२ दिन अवधिको छ अर्ब र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया