संस्थागत लगानीकर्तालाई रकम बुझाउन नेप्सेको आग्रह
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले संस्थागत लगानीकर्ताहरूलाई दस्तुर रकम बुझाउन आग्रह गरेको छ । बुक बिल्डिङमार्फत् गरिने सेयर निष्कासनमा सहभागिता जनाउने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन आग्रह गरेको नेप्सेले जनाएको छ ।
नेप्सेले सार्वजनिक रूपमा सूचना जारी गर्दै बुक बिल्डिङ विधिमार्फत् गरिने निष्काशनमा शिलबन्दी बोलकबोल सञ्चालन गर्ने सम्बन्धको पत्रबमोजिम धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा योग्य संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन आग्रह गरेको हो ।
नेप्सेका अनुसार पहिले नै दर्ता भइसकेका संस्थागत लगानीकर्ताले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ भने दर्ता नभएका कम्पनीले दर्ता शुल्क बुझाउनुपर्ने छ । बुक बिल्डिङमा सहभागी हुने संस्थागत लगानीकर्ताका लागि दर्ता शुल्क १० हजार रुपैयाँ र वार्षिक नवीकरण शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया