तीन कम्पनीले मागे आईपीओका लागि अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डसमक्ष थप तीनवटा कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि अनुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डका अनुसार सोलु हाइड्रोपावर, टक्सार पिखुवा खोला हाइड्रोपावर र एसवाई प्यानल लिमिटेडले साधारण सेयर निष्काशनको अनुमति माग गर्दै आवेदन दिएका छन् ।
सोलु हाइड्रोपावर कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी दुई अर्ब रुपैयाँबराबरको दुई करोड कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति माग गरेको छ । बोर्डका अनुसार यसमा आयोजना प्रभावित क्षेत्रका स्थानीय जनता, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र सर्वसाधारणका लागि जारी गरिने सबै सेयर समावेश छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ ।
टक्सार पिखुवा खोलाले पनि एक सय रुपैयाँ अंकित मूल्यका ४२ करोड ३० लाख ६६ हजार आठ सय रुपैयाँ बराबरको ४२ लाख ३० हजार छ सय ६८ कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको छ । यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो । यसैगरी, एसवाई प्यानल लिमिटेडले पनि ५२ करोड ३२ लाख ५४ हजार आठ सय रुपैयाँबराबरको साधारण सेयर निष्काशनका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार सो कम्पनीले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमार्फत् एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ५३ लाख ३२ हजार पाँच सय ४८ कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति माग गर्दै आवेदन दिएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया