ग्लोबल आईएमई लघुवित्तको पहिलो त्रैमासिक नाफा तीन करोड ४० लाख
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आ.व.को पहिलो त्रैमासिक अवधि अर्थात् असोज मसान्तसम्ममा तीन करोड ४० लाख सात हजार छ सय ५९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आ.व.को सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ६७ लाख ४५ हजार सात सय २७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँ रहेको संस्थाले चालु आ.व.को पहिलो त्रैमासमा तीन अर्ब २३ करोड १२ लाख ३९ हजार पाँच सय ९५ रुपैँयाँ निक्षेप संकलन गरी सात अर्ब ६२ करोड ८२ लाख ९४ हजार चार सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ५७ लाख ५८ हजार आठ सय नौ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ६७ लाख ७२ हजार एक सय २६ रुपैयाँ रहेको संंस्थाको स्प्रेड दर भने तीन दशमलव ९१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब पाँच करोड ८२ लाख ५५ हजार आठ सय ८२ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ४८ करोड १० लाख ८२ हजार छ सय ३३ रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ६८ लाख छ हजार नौ सय पाँच रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया