मेटलाइफको माई चाइल्ड्स एजुकेशन प्रोटेकसन प्लान सार्वजनिक
काठमाडौं । अभिभावकहरूलाई आफ्ना साना बालबालिकाहरूको भविष्य र सपनाहरू सुरक्षित गर्न मद्दत गर्दै मेटलाइफले यो हप्ता आफ्नो नयाँ बीमा योजना “माई चाइल्ड्स एजुकेशन प्रोटेकसन प्लान’’ प्रचलनमा ल्याएको छ । यो बीमा योजना ३१ दिनदेखि १५ वर्ष उमेरका बालबालिकाहरूका लागि संरक्षण प्रदान गर्न तयार गरिएको हो । यस योजनाको उद्देश्य बालबालिकाहरूले जीवनमा जस्तासुकै चुनौतीहरू सामना गर्नु परे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरता सुनिश्चित गर्नु हो ।
बीमा योजना एक बृहत समाधान हो, जसले बालबालिकाहरूलाई मात्र नभई अभिभावक (बीमालेख मालिक) लाई पनि बीमा कभरेज प्रदान गर्दछ । अभिभावक (बीमालेख मालिक)को दुर्भाग्यपूर्ण मृत्युको अवस्थामा, यस योजनाले बीमाङ्क रकमको सत प्रतिशत एकमुष्ठ भुक्तानी प्रदान गर्दछ । साथै, भविष्यमा भुक्तानी गर्नुपर्ने बीमा शुल्कको छुट तथा बीमा योजनाको बीमाङ्क रकमको दुई प्रतिशत बराबरको मासिक आय लाभ समेत प्रदान गर्दछ । यो बीमा लाभले अभिभावकको अनुपस्थितिमा पनि बालबालिकाप्रति शैक्षिक जिम्मेवारीहरूलाई साथ दिइरहने कुरा सुनिश्चित गर्दछ ।
अभिमावक (बीमालेख मालिक) लाई हुन सक्ने सम्भावित अशक्तता, दूर्घटना र घातक रोगविरुद्ध रक्षावरणका लाागि विभिन्न पूरक करारहरूमध्येबाट छनौट गर्ने विकल्प पनि छ । न्यूनतम बीमाङ्क रकम दुई लाख ५० हजार रुपैयाँ र अधिकतम पाँच लाख रुपैयाँ भएको यो योजनामा १० देखि २५ वर्षसम्मको लचिलो बीमा अवधिहरूमध्ये छनोट गर्न सकिन्छ । यस्तो बहुमुखी योजनाले आमाबाबुलाई आफ्नो बालबालिकाको शैक्षिक र भविष्यका आवश्यकताहरू अनुरूप सबैभन्दा उपयुक्त बीमालाभहरू छनौट गरी रक्षावरण प्राप्त गर्न मद्दत गर्दछ । यसले बालबालिकाहरुलले पाउने अवसर र पाउनु पर्ने आवश्यक मद्दतको सुनिश्चित गर्दै, जीवनमा जस्तोसुकै आईपर्ने चुनौतीहरूविरुद्ध सुरक्षा समाधान प्रदान गर्दछ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “माई चाइल्ड्स एडुकेशन प्रोटेकसन प्लान’’ ले नेपालका युवाहरूको भविष्यका लागि हाम्रो आश्वासनलाई प्रतिनिधित्व गर्दछ । हामी बुझ्दछौं कि शिक्षा उज्ज्वल भविष्यको लागि चाबी/कुञ्जी हो, र यो योजना आमाबाबु वा अभिभावकहरूप्रति हाम्रो प्रतिबद्धता हो कि हामी वहाँहरूका बालबालिकाहरूको सपनाहरू सुरक्षित गर्न यहाँ छौं । यो सफलताका लागि र प्रत्येक बालबालिकाको यात्राको लागि सुरक्षित मार्ग प्रशस्त गर्ने वाचा हो ।”
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया