Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकद्वारा एकैदिन १७ वटा सामाजिक उत्तरदायित्वका कार्य

गरिमा विकास बैंकद्वारा एकैदिन १७ वटा सामाजिक उत्तरदायित्वका कार्य


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले रक्तदान कार्यक्रम, न्यानो कपडा वितरण, डस्टबिन हस्तान्तरण, स्कुल ब्याग वितरणलगायत एकै दिन १७ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । गरिमा बैंकले हिजो(बिहिबार) आफ्नो स्थापनाकालको १६औँ बर्ष पूरा गरि १७औँ बसन्तमा प्रवेश गरेको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।

बैंकले देशैभर सो दिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ । बैंकले उक्त दिन आयोजित रक्तदान कार्यक्रममार्फत लाजिम्पाटस्थित विकास बैंकको प्रधान कार्यालयबाट १०९ युनिट रगत संकलन, क्षेत्रीय कार्यालय नारायणगढबाट १५२ युनिट रगत संकलन, क्षेत्रीय कार्यालय पोखराबाट १०५ युनिट रगत संकलन गरेको छ ।

त्यसैगरी, सोही दिन भिन्नाभिन्नै ठाउँमा विभिन्न सामाग्री वितरण गरेको छ । म्याग्दीस्थित गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा न्यानो कपडा वितरण, स्याङ्जास्थित श्री शिव पार्वती वृद्धाश्रम तथा बहुउद्धेश्य संस्था र गुरुकुल वृद्धाश्रममा न्यानो कपडा वितरण, सर्लाहीको मलंगवास्थित श्री जनता माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण, धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

त्यस्तै, बैंकले झापास्थित विर्तामोड नगरपालिकाको सबै वडाहरुका लागि र चितवनस्थित भृकुटीपथटोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्थालाई चितवनमा डस्टबीन हस्तान्तरण गरेको छ । रुपन्देहीस्थित अनाथ तथा असहाय महिला कल्याण समाजलाई आवश्यक ईन्भर्टर, सुर्खेतस्थित प्रशान्ति बृद्धाश्रम केन्द्रलाई आवश्यक बेड हस्तान्तरण गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठ मन्दिरलाई सय थान कुर्सी, सुन्धारास्थित नेपाल प्रहरी अनाश्रीत गुल्मलाई भिजिटर कुर्सी र अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

त्यस्तै, बैंकले इटहरीस्थित क्षेत्रीय ट्राफिक कार्यालयलाई डिजिटल बोर्ड स्थापना गरिदिएको छ भने विरगंजस्थित वित्तिय जागरुकताका लागि नेशनल इन्फोटेक कलेजमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको थियो ।

करिब ८ लाख ग्राहकहरुलाई सेवा दिइराखेको जनाएको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको पुतली सडकमा १२३औँ शाखा विस्तार गरेको गरिमा विकास बैंकको विभिन्न ठाउँमा गरी ५१ एटिएमबाट सेवा प्रदान गरिराखेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया