Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको लाभांश घोषणा

नबिल बैंकको लाभांश घोषणा


काठमाडौं । नबिल बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही मंसिर सात गते बिहीबार बसेको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ११ प्रतिशत अर्थात् प्रतिकित्ता ११ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।

बैंकले यसपटक सेयर बोनस नदिने भएको छ । नबिलको यो लाभांश हालसम्मकै कम हो । यसअघि अर्थात गत आर्थिक वर्ष बैंकले ११ दशमलव ५० नगद र १८ दशमलव ५० सेयर बोनससहित ३० प्रतिशत लाभांश प्रदान गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया