सिटिजन लाइफ इन्स्योरेन्सले जित्यो अवार्ड
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डको चौथो संस्करणमा बेस्ट स्ट्र्याटेजिक फर इन्स्योरेन्स स्प्रेडिङ अवार्ड जितेको छ । नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पुर्याएका एसिया महादेशभित्रका इन्स्योरेन्स कम्पनीमध्येबाट उत्कृष्टहरूलाई इन्डियन चेम्बर अफ कमर्सले विगत ४ वर्षदेखि यो अवार्ड दिँदै आएको छ । मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनीभरमा बीमासम्बन्धी सेवा विस्तार र बीमा सचेतना पु¥याउने कार्यमा सबैभन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रूपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो ।
सात भाद्र २०७४ बाट नेपाल बीमा प्राधिकरणबाट सञ्चालनको अनुमति पाई २०७४ साल कार्तिक दुई गतेबाट सञ्चालनमा रहेकोे सिटिजन लाइफ इन्स्योरेन्स नेपालको फैलिँदो बीमा क्षेत्रकै उत्कृष्ट प्रतिनिधि बीमा कम्पनी हो । हाल, देशभरका एक सय ४१ शाखा, उपशाखाहरू र लगभग ६१ हजारभन्दा बढी अभिकर्ताहरूबाट सेवाग्राहीलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सिटिजन लाइफ इन्स्योरेन्स सधैँ तयार रहेको छ र आफ्ना ग्राहकको भविष्यमा आइपर्न सक्ने कुनै पनि आर्थिक जोखिमविरुद्ध आर्थिक र वित्तीय सुरक्षाको ग्यारेण्टी दिन सक्ने भरपर्दो र विश्वासिलो बीमा कम्पनीको परिचय बनाउन सफल भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया